कार्तिक १ काठमाडौं । गण्डकी प्रदेशमा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा नेपाली सेनाको त्रिभुवन आर्मी फुटबल क्लब फाइनलमा प्रवेश गरेको छ ।
पोखरा रंगशालामा मंगलबार भएको पहिलो सेमिफाइनलमा गण्डकी प्रदेशलाई १-० गोल अन्तरले हराउँदै आर्मी स्वर्ण नजिक पुगेको हो ।
आर्मीलाई जित दिलाउन सुदिल राईले निर्णायक गोल गरे । उनले खेलको ५८औं मिनेटमा गोल गरेका थिए । अब आर्मीले उपाधिका लागि एपीएफ र सुदूरपश्चिमबीचको विजेतासँग खेल्नेछ ।



