शुक्रबार, श्रावण २९ गते २०८३
images
images

ए डिभिजन लिग डबल राउन्ड रोविनमा सञ्चालन हुने

एक्सप्रेस पाना
कार्तिक १, २०७९ मंगलबार
  • 259
    SHARES
  • ए डिभिजन लिग डबल राउन्ड रोविनमा सञ्चालन हुने

    कार्तिक १ काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले ‘ए’ डिभिजन लिगका क्लबसँग छलफल गरि लिग डबल राउन्ड रोबिको आधारमा सञ्चालन गर्ने भएको छ । योसँगै ए डिभिजन लिग ५ महिना चल्ने भएको छ । 

    images

    मंगलवार एन्फा कम्प्लेक्समा सातदोबाटोमा बसेको बैठकले पुष २६ गतेदेखि २०८० जेठ २० गतेसम्म  सञ्चालन गर्ने निर्णय गरेको हो । 

    उक्त बैठकमा अध्यक्ष पंकजविक्रम नेम्वाङ, वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का, उपाध्यक्ष विराटजंग शाही, पूर्व सहसदस्य रमेश ब्याञ्जनकार, महेन्द्र क्षेत्री, पुरुषोत्तम थापा, महासचिव किरण राईलगायत क्लबका अध्यक्ष तथा प्रतिनिधिले छलफल गरेका थिए । 

    images

    लिगका खेललाई उपत्यका बाहिर पनि आयोजना गर्ने र लिगलाई व्यवस्थित गर्ने सन्दर्भमा कार्यशाला गोष्ठीको आयोजना गर्ने निर्णय समेत एन्फा र क्लबले गरेका छन् ।

     

  • सम्बन्धित विषय:

  • # फुटबल