शुक्रबार, श्रावण २९ गते २०८३
images
images

महिला फुटबल : स्वर्ण पदकका लागि एपिएफ र पुलिस भिड्ने

एक्सप्रेस पाना
कार्तिक १, २०७९ मंगलबार
  • 327
    SHARES
  • महिला फुटबल : स्वर्ण पदकका लागि एपिएफ र पुलिस भिड्ने

    कार्तिक १ काठमाडौं । गण्डकी प्रदेशमा जारी नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला फुटबलको फाइनल सशस्त्र प्रहरी बलको एपिएफ फुटबल क्लब र नेपाल पुलिस क्लब प्रवेश गरेको छ । 

    images

    स्याङ्जाको वालिङ मैदानमा भएको दोस्रो सेमिफाइनलमा विभागीय प्रतिद्वन्दी त्रिभुवन आर्मी फुटबल क्लबलाई १-० को अन्तरले पराजित गर्दै एपिएफले पुलिससँगको भेट पक्का गरेको हो । 

    साविक विजेता एपिएफको जितमा सावित्रा भण्डारीले ५६औं मिनेटमा निर्णायक गोल गरिन् । राष्ट्रिय खेलाडीको बाहुल्य रहेको खेल निक्कै प्रतिस्पर्धात्मक बनेको थियो । यता पराजित आर्मीले प्रदेश एकसँग कांस्य पदकका लागि खेलनेछ ।

    images

    अब, उपाधिका लागि एपिएफले अर्को विभागीय टोली नेपाल पुलिस क्लबको सामना गर्नेछ । पहिलो सेमिफाइनलमा पुलिसले प्रदेश एकलाई पराजित गर्दै फाइनल प्रवेश गरिसकेको छ । फाइनल तथा तेस्रो स्थानको खेल बिहीबार हुनेछन् ।

  • सम्बन्धित विषय:

  • # फुटबल
  • # नवौँ राष्ट्रिय खेलकुद