काठमाडौँ । जारी टी२० विश्वकपको पहिलो चरणको खेल अन्तर्गत वेस्टइण्डिजले जिम्बाबेलाई पराजित गरेको छ । बुधबार सम्पन खेलमा वेस्टइण्डिजले जिम्बाबेलाई ३१ रनले पराजित गरेको हो ।
वेस्टइण्डिजले दिएको १५४ रनको लक्ष्य पछाएको जिम्बाबेले १८.२ ओभरमा १२२ रन बनाउदै अल आउट भएपछि खेल ३१ रनले हारेको हो ।
यस अघि टस जितेर पहिला ब्याटिंग गरेको वेस्टइण्डिजले २० ओभरमा ७ विकेट गुमाउदै १५३ रन बनाएको थियो ।
समुह बि मा रहेको वेस्टइण्डिजको दोस्रो खेलमा यो पहिलो जित हो । वेस्टइण्डिज पहिलो खेलमा स्कटल्याण्डसँग पराजित बह्येको थियो ।
त्यस्तै पहिलो खेलमा आयरल्याण्डलाई पराजित गरेको जिम्बाबे दोस्रो खेलमा भने पराजित भएको छ ।
आजै सम्पन्न अर्को खेलमा आयरल्याण्डले स्कटल्याण्डलाई ६ विकेटले पराजित गर्दै प्रतियोगितामा पहिलो जित हासिल गरेको थियो ।
समुह बि को आजको खेलपछि सुपर १२ मा पुग्न चारै टिमको सम्भावना कायम रहेको छ । २-२ खेल सकिदा चारै टिमको २-२ अंक छ भने अब अन्तिम खेलमा जित हासिल गर्ने टिमनै सुपर १२ मा प्रवेश गर्ने छ ।
पहिलो चरणको अन्तिम खेलमा अब आयरल्याण्डले वेस्टइण्डिजसँग र स्कटल्याण्डले जिम्बाबेसँग प्रतिष्पर्धा गर्ने छन् । दुवै खेल आगामी शुक्रबार हुने छन् ।



