काठमाडौं । इंग्सिल प्रिमियर लिग फुटबल अन्तर्गत १०औं साताको खेलमा म्यान्चेस्टर युनाइटेडले टोटनह्यामलाई पराजित गरेको छ ।
बुधवार राति युनाइटेडको घरेलु मैदानमा भएको खेलमा टोटेनहमलाई २-० गोलले पराजित गरेको हो ।
युनाइटेडको जितमा फ्रेड र ब्रुन्नो फर्नान्डेसले एक एक गोल गरे । उक्त सबै गोल दोस्रो हाफमा सम्भव भएको थियो । यस खेलमा क्रिस्टियानो रोनाल्डो खेलेका थिएनन् ।
उक्त जितसँगै युनाइटेडले १० खेलबाट ६ मा जित, ३ हार र १ बाबरी उसको १९ अंक रहेको छ र भने पाँचौं स्थानमा यथावत छ । त्यस्तै टोटनह्यामले भने यो हारपछि दोस्रो स्थानमा उक्लिने अवसर गुमाएको छ । टोटनह्यामको ११ खेलमा २३ अंक छ र लिगमा तेस्रो स्थानमा रहेको छ ।



