काठमाडौँ । स्पेनिस ला लिगा फुटबलमा साविको विजेता रियल म्याड्रिडले एल्चेमाथि सहज जित हासिल गरेको छ ।
बुधवार राति सम्पन्न भएको खेलमा रियल म्याड्रिडले एल्चेलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।
रियल म्याड्रिडको जितमा फेडेरीक भाल्भेर्डे, करिम बेन्जमा र मार्को असेन्सियोले एक एक गोल गरेका थिए ।
उक्त् जितपछि रियल म्याड्रिडको १० खेलमा २८ अंक भएको छ र लिगमा शिर्ष स्थानमा रहेको छ । त्यस्तै दोस्रो स्थानमा रहेको बार्सिलोनाभन्दा रियल म्याड्रिड एक खेल बढी खेल्दै बार्सिलोनाभन्दा ६ अंकले अगाडी भएको छ ।
त्यस्तै पराजित एल्चेको १० खेलमा केवल ३ अंक रहेको छ र लिगको पुछारमा छ ।



