शुक्रबार, श्रावण २९ गते २०८३
images
images

महिला फुटबलमा एपीएफलाई स्वर्ण

एक्सप्रेस पाना
कार्तिक ३, २०७९ बिहीबार
  • 374
    SHARES
  • महिला फुटबलमा एपीएफलाई स्वर्ण

    काठमाडौं । राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ अन्तर्गतको महिला फुटबलतर्फ विभागीय टोली एपीएफ फुटबल क्लबले स्वर्ण पदक जितेको छ । 

    images

    बिहिवार वालिङ रंगशालामा भएको फाइनल खेलमा पुलिसमाथि २-१ गोलको जित निकाल्दै स्वर्ण पदक जितेको हो । एपीएफको जितमा सावित्रा भण्डारीले दुबै गोल गरिन् भने यता पुलिसका लागि निरु थापाले एक सान्त्वना गोल गरिन् । 

    यस्तै त्रिभुवन आर्मी फुटबल क्लबले काँस्य पदकमा चित्त बुझाएको छ । आजै भएको खेलमा आर्मीले प्रदेश १ लाई ७-० को फराकिलो अन्तरले हराउँदै काँस्य जित्न सफल भएको हो ।

    images

     

  • सम्बन्धित विषय:

  • # फुटबल
  • # नवौँ राष्ट्रिय खेलकुद