सोमबार, कार्तिक १७ गते २०८३
images
images

बेलायतकी प्रधानमन्त्रीले दिइन् ४५ दिनमै राजीनामा

एक्सप्रेस पाना
कार्तिक ३, २०७९ बिहीबार
  • 488
    SHARES
  • बेलायतकी प्रधानमन्त्रीले दिइन् ४५ दिनमै राजीनामा

    बेलायतकी प्रधानमन्त्री लिज ट्रसले पद सम्हालेको ४५ दिनमै राजीनामा दिएकी छन् । 

    images

    बिहीबार साँझ उनले राजीनामा दिएकी हुन् । उनको सरकारले ल्याएका आर्थिक नीतिका कारण  सरकारको तीव्र आलोचना भएको थियो । 

    आलोचना मत्थर गर्न केही दिनअघि उनले आफ्ना अर्थमन्त्रीलाई बर्खास्त गरेकी थिइन् । पार्टीभित्र र बाहिरबाट आलोचनाको क्रम नरोकिएपछि बिहीबार उनले राजीनामा घोषणा गरेको समाचार संस्था रोयटर्सले जनाएको छ । अर्को प्रधानमन्त्री चयन नभएसम्मका लागि ट्रसले अन्तरिम प्रधानमन्त्रीका रूपमा काम गर्नेछिन् । 

    images

    बेलायतकी दोस्रो महिला प्रधानमन्त्री बनेकी ट्रस सबैभन्दा कम समय बेलायती प्रधानमन्त्री हुने व्यक्तिहरूमा परेकी छन्।

    बेलायतको तल्लो सदनमा कन्जरभेटिभ पार्टीको बहुमत भएकाले अब उक्त पार्टीको नेता चुनिने व्यक्ति नै नयाँ प्रधानमन्त्री बन्ने छन्। बोरिस जोन्सनले राजीनामा दिएपछि ट्रस ऋषि सुनकलाई हराएर कन्जरभेटिभ पार्टीकी नेता बनेकी थिइन्।