शुक्रबार, श्रावण २९ गते २०८३
images
images

३७१ पदकसहित नवौंमा आर्मी टिम च्याम्पियन

एक्सप्रेस पाना
कार्तिक ३, २०७९ बिहीबार
  • 493
    SHARES
  • ३७१ पदकसहित नवौंमा आर्मी टिम च्याम्पियन

    कार्तिक ३ काठमाडौं । गण्डकी प्रदेशका विभिन्न ८ जिल्लामा आयोजना सम्पन्न भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा विभागीय टोली त्रिभुवन आर्मी क्लबको टिम च्याम्पियन बनेको छ । 

    images

    प्रतियोगितामा आर्मी १ सय ७२ स्वर्ण पदकसहित कुल ३ सय ७१ पदक जितेर टिम च्याम्पियन बनेको हो । उसले ११० रजत र ८९ कास्यपदक जितेको हो ।

    यस्तै पहिलो पटक बनेको राष्ट्रिय खेलकुदको रनिङ शिल्ड ट्रफी पनि आर्मीले उचालेको छ । आर्मी आठौं संस्करणकोसमेत टिम च्याम्पियन हो ।

    images

    यता नवौं राष्ट्रिय खेलकुदमा पदक तालिकाको दोस्रो स्थानमा अर्को विभागीय टोली शसस्त्र प्रहरी बलको एपीएफ क्लब रह्यो । उसले ६५  स्वर्ण, ७३ रजत र ८१ कास्य पदकसहित कुल २ सय १९ पदक जितेको छ ।

    May be an image of 10 people and people standing

    यस्तै अर्को विभागीय टोली नेपाल पुलिस क्लबले ६१ स्वर्ण, ६० रजत र ७३ कास्य सहित कुल १९४ पदक जित्दै तेस्रो स्थान हात पार्यो ।

    यसैगरी गण्डकी प्रदेशले ३२ स्वर्ण, ३१ रजत र ५७ कास्य सहित कुल १२० पदक जित्दै चौंथो र बागमती प्रदेशले २४ स्वर्ण, ४७ रजत र ७४ कास्य पदक सहित कुल १४५ पदक जितेर पाँचौं स्थानमा रह्यो ।

    छैटौं स्थानमा रहेको प्रदेश १ ले १० स्वर्ण, २३ रजत, ५० कास्य सहित कुल ८३ पदक जित्यो । सुदूरपश्चिमले १०  स्वर्ण, १० रजत ४३ कास्य सहित कुल ६३ पदक जितेर सातौं स्थानमा रह्यो ।

    एनआरएनएले १०  स्वर्ण, ९ रजत र ७ कास्य पदक सहित २६ पदक जितेर आठौं, लुम्बिनी प्रदेश ६ स्वर्ण, २२ रजत र ४० कास्य सहित ६८ पदक जितेर नवौं स्थान हासिल गर्यो ।

    त्यसैगरी, दशौँ स्थान हासिल गरेको मधेश प्रदेशले ५ स्वर्ण, ८ रजत र २६ कास्य सहित कुल ३९ पदक जित्दा पुछारमा रहेको कर्णाली प्रदेशले २ स्वर्ण, ४ रजत, १२ कास्य पदक सहित कुल १८ पदक हात पार्यो ।

    नवौँमा ३६ र दुई प्रदर्शनी गरी ३८ खेल सञ्चालन भएका थिए । यसअघि गत असोज २८ गते राष्ट्रिय खेलकुदको उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गरेका थिए भने समापन समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी भए । समापन समारोहमा विभिन्न सांस्कृतिक कार्यक्रम, झाँकी, गीत सङ्गीत तथा नृत्यलगायतका कार्यक्रम आयोजना गरिएको थियो । 

    दशौं संस्करणको राष्ट्रिय खेलकुद २०८१ सालको मंसिरमा कर्णाली प्रदेशले आयोजना गर्नेछ । नवौंमा ११ टिमका ६ हजार १ सय ५७ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

    यस पटक विभागिय टोलि नेपाल पुलिस, नेपाल एपीएफ र नेपाल आर्मी सहित सात प्रदेशका सात टिम र एनआरएनए गरि ११ टिमका खेलाडीले सहभागिता जनाएका थिए ।

    पदक तालिका:

    May be an image of text that says 'राष्ट्रिय खेलकुद -२૦૭ पोखरा, गण्डकी प्रदेश TEAM MEDAL TABLE NEPAL ARMY TOTAL NEPAL A.P.F CLUB 172 110 89 65 371 NEPAL POLICE CLUB 73 81 61 219 GANDAKI PRADESH 60 73 32 194 BAGMATI PRADESH 31 57 24 120 PRADESH NO. 47 74 10 145 23 SUDURPASCHIM PRADESH 50 NRNA 10 83 10 43 63 10 LUMBINI PRADESH 9 7 6 26 MADESH PRADESH 22 40 5 68 KARNALI PRADESH 8 26 39 2 4 12 18'

  • सम्बन्धित विषय:

  • # नवौँ राष्ट्रिय खेलकुद