काठमाडौँ । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले भिल्लारियललाई हराएको छ । बिहिवार राति सम्पन्न भएको खेलमा बार्सिलोनाले भिल्लारियललाई ३-० गोल अन्तरले पराजित गरेको हो ।
बार्सिलोनाको जितमा रोबेर्ट लेवानडोस्कीले दुई गोल गरेका थिए भने अन्सु फातीले एक गोल गरेका थिए ।
उक्त जितसँगै बार्सिलोनाको १० खेलमा २५ अंक जोडेर लिगको दोस्रो स्थानमा रहेको छ । बार्सिलोना शिर्ष स्थानमा रहेको रियल म्याड्रिडभन्दा ३ अंकले पछाडी रहेको छ । यता पराजित भिल्लारियलको १० खेलमा १५ अंक रहेको छ र लिगमा नवौं स्थानमा रहेको छ ।



