शुक्रबार, श्रावण २९ गते २०८३
images
images

संकटमा रोनाल्डो, चेल्सीविरुद्धको खेलमा टिम बाहिर

एक्सप्रेस पाना
कार्तिक ४, २०७९ शुक्रबार
  • 478
    SHARES
  • संकटमा रोनाल्डो, चेल्सीविरुद्धको खेलमा टिम बाहिर

    काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तरर्गत १३औं साताको खेलमा म्यानचेस्टर युनाइटेडले शनिबार चेल्सीविरुद्ध मैदान उत्रदै छ । यो खेल चेल्सीको घरेलु मैदान स्ट्यामफोर्ड ब्रिजमा नेपाली समयअनुसार राति १०:१५ बजेबाट सुरु हुनेछ । 

    images

    उक्त खेलमा युनाइटेडका भेट्रान्स फरर्वाड क्रिस्टियानो रोनाल्डो टोली बाहिर रहने भएका छन् । युनाइटेडका मुख्य प्रशिक्षक एरिक टेन ह्यागले रोनाल्डोलाई बुधबार टोटेह्यामविरुद्धको खेलपछि उनले गरेको व्यबहारका कारण टोली बाहिर राखेका छन् ।

    No description available.

    images

    अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार प्रशिक्षक ह्यागले रोनाल्डोलाई चेल्सीविरुद्धको टिममा समावेश नगरेपछि नयाँ विवाद सुरु भएको आकलन गरिएको छ ।

    रोनाल्डो टोटनह्यामविरुद्धको खेल नसकिदै मैदानबाट बाहिर निस्किएका थिए । उनले आफुलाई टोलीमा नियमित नखेलाएकोप्रति असन्तुष्टि जनाउदै खेल नसकिदै मैदान छोडेर बाहिरिएको विषय यतिबेला विवादित बनेको छ । प्रशिक्षक ह्यागले रोनाल्डोलाई सजाय स्वरूप टिममै नराखेपछि अब उनको युनाइटेडमा भविष्य के हुने भन्नेसमेत प्रश्न उठेको छ ।

    यसैबीच रोनाल्डोले सामाजिक संजालमा एक पोष्ट गर्दै आफु टिमको अनुशासन मान्ने खेलाडी भएको बताउदै क्षणीक आवेगमा आफु मैदान बाहिर गएको बताएका छन् ।

    साथै अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार रोनाल्डोले टोटनह्यामविरुद्ध सब्सटिच्यूटको रुपमा मैदानमा जान अस्वीकार गरेको बताइएको छ । यसको पुष्टि नभएपनि स्पोर्ट्स मेलले रोनाल्डोले मैदानमा जान अस्वीकार गरेकै कारणले प्रशिक्षक ह्यागले चेल्सीविरुद्ध उनलाई टिममा समावेश नगरेको दाबि गरेको छ । यस्तै युनाइटेडले रोनाल्डोको उक्त व्यवहारका कारण उनलाई जरिवाना गर्न सक्ने समेत बताइएको छ । 

    जारी सिजनमा रोनाल्डोले आफ्नो लय पाउन निकै संघर्ष गरिरहेका छन् भने अर्को तर्फ उनी टोलीमा नियमित खेल्न समेत पाएका छैनन् । उमेर ३७ बर्ष पुगेका रोनाल्डोले यस सिजनमा युनाइटेडका लागि कुल १२ खेलमा २ गोल मात्रै गरेका छन् । उनले प्रिमियर लिगमा ८ खेलमा एक गोल मात्र गरेका छन् । अघिल्लो सिजनमा ३८ खेलमा २४ गोल गरेका रोनाल्डोले यस सिजनको सुरुदेखि नै म्यानचेस्टर युनाइटेड छोड्ने प्रयास गरिरहदा खेल भने राम्रो हुन सकेको छैन ।

  • सम्बन्धित विषय:

  • # फुटबल
  • # Ronaldo
  • # इंग्लिस प्रिमियर लिग