शुक्रबार, श्रावण २९ गते २०८३
images
images

पीएम कप : खेल तालिका सार्वजनिक, उद्घाटन खेलमा एपीएफ र आर्मी भिड्ने

एक्सप्रेस पाना
कार्तिक ४, २०७९ शुक्रबार
  • 266
    SHARES
  • पीएम कप : खेल तालिका सार्वजनिक, उद्घाटन खेलमा एपीएफ र आर्मी भिड्ने

    काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले पीएम कप पुरुष क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । क्यानले शुक्रबार खेल तालिका सार्वजनिक गरेको हो ।

    images

    प्रतियोगिता कात्तिक १३ देखि २६ गतेसम्म काठमाडौंको टियु र मुलपानी क्रिकेट मैदानमा हुनेछ । प्रतियोगितामा तीन विभागिय र सात प्रदेशसहित १० टोलीको सहभागिता रहेको छ । जसलाई दुई समूहमा विभाजन गरिएको छ ।

    समूह ए मा नेपाल एपीएफ, त्रिभुवन आर्मी क्लब, कर्णाली प्रदेश, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश रहेको छ ।

    images

    समूह बी मा नेपाल पुलिस क्लब, बागमती प्रदेश, लुम्बिनी प्रदेश, मधेश प्रदेश, प्रदेश १ रहेको छ ।

    प्रतियोगिताको उद्घाटन खेलमा एपीएफ क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ । उद्घाटन खेल टियु क्रिकेट मैदानमा हुनेछ । पहिलो दिन नै मुलपानी मैदानमा पुलिस क्लब र बागमती प्रदेशबीच खेल हुनेछ । हरेक समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । 

    No photo description available.

  • सम्बन्धित विषय:

  • # क्रिकेट