शुक्रबार, श्रावण २९ गते २०८३
images
images

आयरल्याण्ड विश्वकपको सुपर-१२ मा, बाहिरियो वेस्ट इण्डिज

एक्सप्रेस पाना
कार्तिक ४, २०७९ शुक्रबार
  • 268
    SHARES
  • आयरल्याण्ड विश्वकपको सुपर-१२ मा, बाहिरियो वेस्ट इण्डिज

    अस्ट्रेलियामा जारी आईसीसी टी२० विश्वकपमा आयरल्याण्डले वेस्ट इण्डिजलाई ९ विकेटले हराएको छ । यो जितसँगै आयरल्याण्ड समूह ‘बी’ बाट सुपर-१२ मा प्रवेश गरेको छ । दुईपटकको विश्व विजेता वेस्ट इण्डिज भने समूह चरणबाटै बाहिरिएको छ । 

    images

    शुक्रबार भएको खेलमा वेस्ट इण्डिजले दिएको १ सय ४७ रनको लक्ष्य आयरल्याण्डले १७.३ ओभरमा एक विकेटको क्षतिमा पूरा गर्‍यो । उसका लागि ओपनर पउल स्टर्लिङले शानदार पारी खेले । 

    ४८ बलको सामना गरेका उनले दुई छक्का र ६ चौकाको मद्दतमा अविजित ६६ रन बनाए । त्यस्तै, लोर्कान टकरले अविजित ४७ र कप्तान एन्डी बलबर्नीले ३७ रनको योगदान दिए । वेस्ट इण्डिजका लागि अकिल होसेनले मात्र एक विकेट लिन सके । 

    images

    त्यसअघि होबार्टस्थित बेलेरिभ ओभलमा टस जितेर ब्याटिङ रोजेको वेस्ट इण्डिजले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ४६ रन बनायो । उसका लागि ब्रेण्डन किंगले अर्धशतकीय पारी खेले । ४८ बलको सामना गरेका उनले ६ चौका र एक छक्कासहित अविजित ६२ रन बनाए ।  

    त्यस्तै, जोनसन चार्ल्सले २४, ओडेन स्मिथले अविजित १९, इभन लुईस र कप्तान निकोलस पूरनले १३/१३ रन जोडे । आयरल्याण्डका लागि ग्यारेथ डेलानीले तीन, सिमी सिंह र ब्यारी म्याकार्थीले एक/एक विकेट लिए ।  

  • सम्बन्धित विषय:

  • # क्रिकेट
  • # टी२० विश्वकप