काठमाडौँ । टी२० विश्वकप अन्तर्गत न्यूजील्याण्डले विजयी सुरुवात गरेको छ । शनिबारदेखि सुपर १२ अन्तर्गतको खेलमा न्यूजील्याण्डले अस्ट्रेलियालाई ८९ रनले पराजति गरेको हो ।
न्यूजील्याण्डले दिएको २०१ रनको लक्ष्य पछाएको अस्ट्रेलिया १७.१ ओभरमा अलआउट हुदै १११ रन बनाएपछि खेल ८९ रनले हारेको हो ।
अस्ट्रेलियाका लागि ग्लेन म्याक्सवेलले सर्बाधिक २८, पाट कमिन्सले २१, मिचेल मार्शले १६, कप्तान एरोन फिन्चले १३ रन बनाएका थिए ।
त्यसैगरी न्यूजील्याण्डका बलर टिम साउथी र मिचेल सान्टनरले ३-३ विकेट लिएका थिए भने ट्रेन्ट बोल्रले २ तथा लुकी फर्गुसन र इश सोढीले एक एक विकेट लिएका थिए ।
यस अघि टस हारेर पहिला ब्याटिंग गरेको न्यूजील्याण्ले २० ओभरमा ३ विकेट गुमाउदै २०० रन बनाएको थियो ।
न्यूजील्याण्डका लागि डेभोन कोनवेले अविज्ती ९२ रन बनाएका थिए भने फिन अलेनले १६ बलमा ४२ रन बनाएका थिए । त्यस्तै जेम्स नीशामले अविजित २६ रन बनाएका थिए भने कप्तान केन विलियम्सनले २३ रन बनाएका थिए । pSt जितसँगै न्यूजील्याण्डले महत्वपूर्ण २ अंक हासिल गरेको छ ।



