शुक्रबार, श्रावण २९ गते २०८३
images
images

क्यासेमिरोको गोलमा युनाइटेड हारबाट जोगियो

एक्सप्रेस पाना
कार्तिक ६, २०७९ आइतबार
  • 463
    SHARES
  • क्यासेमिरोको गोलमा युनाइटेड हारबाट जोगियो

    काठमाडौँ । इंग्लिस प्रिमियर लिग अन्तर्गत चेल्सी र म्यानचेस्टर युनाइटेड बराबरीमा रोकिएका छन् ।

    images

    शनिवार राति सम्पन्न भएको खेलमा म्यानचेस्टर युनाइटेडले अन्तिम मिनेटमा गोल गर्दै हारबाट जोगिएको हो ।

    १-१ गोलको बराबरीमा रोकिएको खेलमा चेल्सीका लागि जोर्जिन्होले खेलको ८७औँ मिनेटमा पेनाल्टीमार्फत गोल गरेका थिए । त्यस्तै म्यानचेस्टर युनाइटेडका लागि क्यासेमिरोले खेलको ९४औं मिनेटमा गोल गरेका थिए ।

    images

    यस खेलमा युनाइटेडले क्रिस्टियानो रोनाल्डोलाई टिममा समावेश गरेको थिएन ।

    उक्त बराबरी सँगै चेल्सीको ११ खेलमा २१ अंक भएको छ र लिगमा चौथो स्थानमा छ भने म्यानचेस्टर युनाइटेडको १० खेलमा २० अंक भएको छ र लिगमा पाँचौ स्थानमा रहेको छ ।

  • सम्बन्धित विषय:

  • # फुटबल
  • # इंग्लिस प्रिमियर लिग