शुक्रबार, श्रावण २९ गते २०८३
images
images

टी२० विश्वकपमा आज भारत र पाकिस्तान भिड्दै

एक्सप्रेस पाना
कार्तिक ६, २०७९ आइतबार
  • 308
    SHARES
  • टी२० विश्वकपमा आज भारत र पाकिस्तान भिड्दै

    काठमाडौँ । टी२० विश्वकप अन्तर्गत आज भारत र पाकिस्तानबीच खेल हुदै छ । विश्व क्रिकेटका सबैभन्दा ठुला प्रतिद्वन्दी मानिने भारत र पाकिस्तानबीचको यस खेलमाथि विश्वभरका क्रिकेट प्रेमीहरुको नजर रहेको छ ।

    images

    अस्ट्रेलियाको मेलबर्न क्रिकेट ग्राउण्डमा हुने यो खेल रोचक हुने सजिलै अनुमान गर्न सकिन्छ । टी२० विश्वकपको सुपर १२ अन्तर्गतको यो चौथो खेल हुने छ । नेपाली समय अनुसार १:४५ मा शुरु हुने यस खेल अघि सुपर १२ अन्तर्गत श्रीलंका र आयरल्याण्डको प्रतिष्पर्धा हुने छ ।

    हेड टू हेड 
    यी दुई टोलीबीच हालसम्म ११ टी२० खेल भएका छन् । यो अवधिमा भारतले आठ खेलमा जित हात पारेको छ । पाकिस्तानले तीन खेल मात्र जितेको छ । टी२० विश्वकपको कुरा गर्ने हो भने यी दुईबीच ६ खेल भइसकेका छन् । जसमा भारतले पाँच जित हात पारेको छ भने पाकिस्तानले जित हात पारेको छ ।

    images

    पछिल्लो पटक यसै बर्ष एशिया कपमा भारत र पाकिस्तान खेलेका थिए । सो खेलमा पाकिस्तान विजयी भएको थियो ।

  • सम्बन्धित विषय:

  • # क्रिकेट
  • # टी२० विश्वकप