शुक्रबार, श्रावण २९ गते २०८३
images
images

श्रीलंकाले आयरल्याण्डलाई हरायो

एक्सप्रेस पाना
कार्तिक ६, २०७९ आइतबार
  • 239
    SHARES
  • श्रीलंकाले आयरल्याण्डलाई हरायो

    काठमाडौँ । टी२० विश्वकपमा श्रीलंकाले विजयी शुरुवात गरेको छ । आइतबार श्रीलंकाले आयरल्याण्डलाई ९ विकेटले पराजति गर्दै सुपर १२ मा विजयी शुरुवात गरेको छ ।

    images

    विश्वकपको पहिलो चरण खेलेर सुपर १२ मा छानिएका हुन् ।

    यस खेलमा आयरल्याण्डले दिएको १२९ रनको लक्ष्य पछाएको श्रीलंकाले १५ ओभरमा एक विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

    images

    श्रीलंकाको जितमा कुसल मेन्डिजले अविजित ६८ रन बनाएका थिए भने धनन्जय डि सिल्भा र चारिथ असलंकाले ३१/३१ रन बनाएका थिए । 

    यस अघि टस जितेर पहिला ब्याटिंग गरेको आयरल्याण्डले २० ओभरमा ८ विकेट गुमाउदै १२८ रन मात्र बनाएको थियो । आयरल्याण्डका लागि ह्यारी टकरले सर्बाधिक ४५ रन बनाएका थिए ।  

    विश्वकप सुपर १२ को यो खेल जितेर श्रीलंकाले २ महत्वपूर्ण अंक हासिल गरेको छ ।

  • सम्बन्धित विषय:

  • # क्रिकेट
  • # टी२० विश्वकप