काठमाडौँ । टी२० विश्वकपको सुपर १२ अन्तर्गतको खेलमा पाकिस्तानले भारतलाई १६० रनको लक्ष्य दिएको छ ।
टस हारेर पहिला ब्याटिंग गरेको पाकिस्तानले २० ओभरमा ८ विकेट गुमाउदै १५९ रन बनाएको हो ।
पाकिस्तानका लागि शान मसूदले ५२ रन बनाए भने इफ्तिकार अहमदले ५१ रन बनाएका थिए । त्यसैगरी शाहीन शाह अफ्रिदीले १६ रन बनाए ।
त्यस्तै मोहमद रिजवानले ४, बाबर आजम ०, शदाब खान ५, हैदर अली, मोहमद रिजवानले ९, असिफ अलीले २ र हरिस राउफले ६ रन बनाएका थिए ।
त्यसैगरी भारतका बलर अर्सदीप सिंह र हार्दिक पाण्डेले ३(३ विकेट लिएका थिए । त्यस्तै भुवनेश्वर कुमार र मोहमद शामीले एक एक विकेट लिएका थिए । १६० रनको लक्ष्य पाएको भारतले केहि बेरमा जवाफी ब्याटिंग गर्दै छ ।



