काठमाडौँ । यूरोपको सबैभन्दा ठूलो क्लब फुटबल प्रतियोगिता यूइएफए च्याम्पियन्स लिग अन्तर्गत युभेन्टस समुह चरणबाट बाहिरिएको छ ।
मंगलवार राति सम्पन्न खेलमा बेनिफिकासँग ४-३ गोल अन्तरले पराजित भएसँगै युभेन्टस च्याम्पियन्स लिगको समुह चरणबाट बाहिरिएको हो ।
बेनिफिकाको जितमा राफा सिल्भाले २ गोल गरेका थिए भने एन्टोनियो सिल्भा र जोआओ मारिओले १/१ गोल गरेका थिए ।
त्यस्तै युभेन्टसका लागि मोइज कीन, अर्काडीउज मिलिक र वेस्टन म्याककेनले ११ गोल गरेका थिए ।
समुह एचमा रहेको युभेन्टसको ५ खेलमा केवल ३ अंक रहेको छ र एक खेल खेल्न बाँकी रहदै युभेन्टस समुह चरणबाट बाहिरिएको छ ।
त्यस्तै बेनिफिका ५ खेलमा ११ अंकसहित राउण्ड १६ मा पुगेको छ । यस समुहबाट पिएसजी पनि ५ खेलमा ११ अंकसहित नकआउट चरणमा पुगेको छ । यस समुहबाट मक्काबी हैफा पनि बाहिरिएको छ । हैफाको पनि ५ खेलमा ३ अंक रहेको छ ।



