शुक्रबार, श्रावण २९ गते २०८३
images
images

च्याम्पियन्स लिग : बार्सिलोना समुह चरणबाट बाहिरियो

एक्सप्रेस पाना
कार्तिक १०, २०७९ बिहीबार
  • 219
    SHARES
  • च्याम्पियन्स लिग : बार्सिलोना समुह चरणबाट बाहिरियो

    काठमाडौँ । यूरोपको सबैभन्दा ठूलो क्लब फुटबल प्रतियोगिता यूइएफए च्याम्पियन्स लिगको समुह चरणबाट बार्सिलोना बाहिरिएको छ ।

    images

    बुधवार राति सम्पन्न भएको समुह सी अन्तर्गतको खेलमा बायर्न म्युनिखसँग ३-० गोल अन्तरले पराजित भएसँगै बार्सिलोना च्याम्पियन्स लिगको समुह चरणबाट बाहिरिएको हो ।

    घरेलु टोली बायर्न म्युनिखको जितमा साडियो माने, एरिक म्याक्सिम र बेन्जामिन पाभार्डले १/१ गोल गरेका थिए ।

    images

    उक्त जितसँगै समुह सी बाट बायर्न म्युनिखले ५ खेलमा सबै खेल जितेर १५ अंकसहित यसअघि नै नकआउट चरणमा पुगिसकेको छ भने यस समुह बाट इन्टर मिलान नकआउट चरणमा पुगेको छ ।

    त्यस्तै बार्सिलोना लगातार दोस्रो बर्ष समुह चरणबाट बाहिरिएको छ । यस समुहबाट भिक्टोरिया प्लेजेन पनि बाहिरिएको छ ।

  • सम्बन्धित विषय:

  • # फुटबल
  • # च्याम्पियन्स लिग