शुक्रबार, श्रावण २९ गते २०८३
images
images

च्याम्पियन्स लिग : एटलेटिको म्याड्रिड समुह चरणबाट बाहिरियो

एक्सप्रेस पाना
कार्तिक १०, २०७९ बिहीबार
  • 256
    SHARES
  • च्याम्पियन्स लिग : एटलेटिको म्याड्रिड समुह चरणबाट बाहिरियो

    काठमाडौँ । यूरोपको सबैभन्दा ठूलो क्लब फुटबल प्रतियोगिता यूइएफए च्याम्पियन्स लिगमा एटलेटिको म्याड्रिड समुह चरणबाट बाहिरिएको छ ।

    images

    बुधवार राति सम्पन्न भएको खेलमा जर्मनी क्लब लिभरकुसेनसँग २-२ को बराबरीमा रोकिएसँगै एटलेटिको म्याड्रिड समुह चरणबाटै बाहिरिएको हो ।

    यस खेलमा खेलको ९८औ मिनेटमा यानिक कारास्कोले पेनाल्टी मिस गरेपछि एटलेटिको जितबाट चुकेको थियो । त्यसअघि कारास्को र रोड्रीगो पाउलले १/१ गोल गरेका थिए ।

    images

    त्यस्तै लिभरकुसेनका लागि मोउसा डियबी र कलुम हडसन ओडोईले एक एक गोल गरेका थिए ।

    यो बराबरीपछि समुह बी बाट दुवै टोली बाहिरिएका छन् । यस समुहबाट क्लब ब्रुगे यस अघि नै नकआउट चरणमा पुगेको छ भने पोर्टोले पनि नकआउट चरणमा आफुलाई सुरक्षित बनाएको छ । पोर्टोले क्लब ब्रुगेलाई ४-० गोल अन्तरले पराजित गर्दै नकआउट चरणमा पुगेको छ । 

    यस समुहमा क्लब ब्रुगेको ५ खेलमा १० अंक छ भने पोर्टोको ५ खेलमा ९ अंक छ । त्यस्तै एटलेटिको म्याड्रिडको ५ खेलमा ५ र लिभरकुसेनको ५ खेलमा ४ अंक रहेको छ ।

  • सम्बन्धित विषय:

  • # फुटबल
  • # च्याम्पियन्स लिग