काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबल क्लब लिभरपुल यूरोपको सबैभन्दा ठूलो क्लब फुटबल प्रतियोगिता यूइएफए च्याम्पियन्स लिगको नकआउट चरणमा पुगेको छ ।
बुधवार राति सम्पन्न भएको खेलमा अयाक्सविरुद्ध सहज जित निकाल्दै लिभरपुलले नक आउट चरणमा समुह ए बाट आफ्नो स्थान पक्का गरेको हो ।
लिभरपुलले नेदरल्याण्डसको क्लब अयाक्सलाई ३-० गोल अन्तरले पराजित गरेको थियो । लिभरपुलको जितमा मोहमद सलाह, डर्विन नुनेज र हार्भी एलीओटले एक एक गोल गरेका थिए ।
उक्त जितसँगै समुह ए मा लिभरपुलको ५ खेलमा १२ अंक भएको छ र लिभरपुल नकआउट चरणमा पुगेको छ ।
त्यस्तै यस समुहबाट इटालियन क्लब नापोली पनि नकआउट चरणमा पुगेको छ । नापोलीले गएराती रेन्जर्सलाई ३-० गोल अन्तरले पराजित गरेको थियो ।
यता नापोलीले समुह्चरणमा अहिलेसम्म खेलेका पाँचै खेल जितेर १५ अंक हासिल गर्दै नकआउट चरणमा पुगेको छ ।



