शुक्रबार, श्रावण २९ गते २०८३
images
images

युनाइटेडको सहज जितमा रोनाल्डोको गोल

एक्सप्रेस पाना
कार्तिक ११, २०७९ शुक्रबार
  • 263
    SHARES
  • युनाइटेडको सहज जितमा रोनाल्डोको गोल

    काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबल क्लब म्यानचेस्टर युनाइटेड युइएफए युरोपा लिगको नकआउट चरणमा पुगेको छ ।

    images

    बिहिवार राति सम्पन्न भएको समुह इ अन्तर्गतको खेलमा म्यानचेस्टर युनाइटेडले शेरिफलाई ३-० गोल अन्तरले पराजित गर्दै नकआउट चरणमा आफ्नो स्थान सुरक्षित गरेको हो ।

    म्यानचेस्टर युनाइटेडको जितमा डिओगो डालोट, मार्कस राशफोर्ड र क्रिस्टियानो रोनाल्डोले १/१ गोल गरेका गरे ।

    images

    यस्तै पछिल्लो समय क्लबमा विवादित बनेका रोनाल्डो टिममा  फर्किए खेलेको खेलमा गोल गरेर सुखद सुरुवात गरेका छन् ।

    उक्त जितसँगै म्यानचेस्टर युनाइटेडको समुह इ मा ५ खेलमा १२ अंक भएको छ । यस समुहबाट रियल सोसियडाड र म्यानचेस्टर युनाइटेड नकआउट चरणमा पुग्ने निश्चित भएको छ ।

    त्यस्तै शेरिफ र ओमोनोइया भने नकआउट चरणबाट बाहिरिएका छन् ।

  • सम्बन्धित विषय:

  • # फुटबल