शुक्रबार, श्रावण २९ गते २०८३
images
images

पीएम कप : आज पनि दुई खेल हुँदै

एक्सप्रेस पाना
कार्तिक १४, २०७९ सोमबार
  • 324
    SHARES
  • पीएम कप : आज पनि दुई खेल हुँदै

    काठमाडौं । आइतवारबाट सुरु भएको प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा आज पनि दुई खेल हुँदैछ । 

    images

    आज हुने त्रिवि क्रिकेट मैदानमा सुदूपश्चिम प्रदेशले गण्डकी प्रदेशको सामना गर्नेछ । उक्त खेल ९:३० बजेबाट हुनेछ । हिजो भएको पहिलो खेलमा विभागीय टोली एपीएफ क्लबले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ५६ रनले हराउँदै एपीएफले विजयी सुरुवात गरेको थियो । 

    यस्तै सोहि समयमा मुलपानी क्रिकेट मैदानमा नेपाल पुलिस क्लबले प्रदेश नम्बर एक सँग खेल्नेछ । पुलिस लगातार दोस्रो जितको खोजिमा रहेको छ । पुलिसले हिजो भएको पहिलो खेलमा बागमगी प्रदेशमाथि फराकिलो जित हात पारेको थियो । 

    images

  • सम्बन्धित विषय:

  • # क्रिकेट