शुक्रबार, श्रावण २९ गते २०८३
images
images

सुरुवाती अग्रता जोगाउन नसक्दा रियल गिरोनासँग रोकियो

एक्सप्रेस पाना
कार्तिक १४, २०७९ सोमबार
  • 294
    SHARES
  • सुरुवाती अग्रता जोगाउन नसक्दा  रियल गिरोनासँग रोकियो

    काठमाडौँ । स्पेनिस ला लिगा फुटबलमा साविको विजेता रियल म्याड्रिड गिरोनासँग बराबरीमा रोकिएको छ ।

    images

    आइतबार राति सम्पन्न भएको खेलमा रियल म्याड्रिडलाइ गिरोनाले १-१ गोलको बराबरीमा रोकेको हो ।

    रियल म्याड्रिडका लागि भिनिसियस जुनियरले खेलको ७०औ मिनेटमा गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए । तर खेलको ८०औं मिनेटमा गिरोनाले पाएको पेनाल्टीकाइ गोल गर्दै क्रिस्टियन स्टुआनीले खेल बराबरी गरेका थिए ।

    images

    यस खेलमा रियल म्याड्रिडका टोनी क्रुजले खेलको ९१औ मिनेटमा दोहोरो पहेलो कार्ड पाएपछि रातो कार्ड पाउदै मैदान छोडेका थिए ।

    उक्त बराबरीसँगै रियल म्याड्रिडको १२ खेलमा ३२ अंक भएको छ र लिगको शिर्ष स्थानमा उक्लिएको छ । यस खेलपछि रियल म्याड्रिड दोस्रो स्थानमा रहेको बार्सिलोनाभन्दा एक अंकले मात्र अगाडी रहेको छ । यता गिरोनाको भने १२ खेलमा १० अंक भएको छ र लिगमा १६औं स्थानमा रहेको छ ।

  • सम्बन्धित विषय:

  • # फुटबल
  • # ला लिगा