शुक्रबार, श्रावण २९ गते २०८३
images
images

पीएम कप : पुलिस क्लबको लगातार दोस्रो जित

एक्सप्रेस पाना
कार्तिक १४, २०७९ सोमबार
  • 280
    SHARES
  • पीएम कप : पुलिस क्लबको लगातार दोस्रो जित

    काठमाडौँ । राजधानीमा जारी प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले लगातार दोस्रो जित दर्ता गरेको छ ।

    images

    सोमबार मुलपानी क्रिकेट मैदानमा भएको खेलमा पुलिसले प्रदेश १ लाई ७ विकेटले पराजित गरेको हो । प्रदेश १ ले दिएको १०३ रनको लक्ष्य पछाएको पुलिस क्लबले १४ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

    पुलिसको जितमा कुशल भुर्तेलले सर्बाधिक ४२ रन बनाए भने शंकर रानाले २९, दिपेन्द्र सिंह ऐरीले अविजित १४ र रशिद खानले अविजित १६ रन बनाएका थिए ।

    images

    यसअघि टस जितेर पहिला ब्याटिंग गरेको प्रदेश १ ले ३५।१ ओभरमा अल आउट हुदै १०२ रन बनाएको थियो । प्रदेश १ लाई सस्तैमा समेट्ने क्रममा पुलिसका ललित राजबंशीले ५ विकेट लिएका थिए । त्यस्तै सगर ढकाल र दिपेन्द्र सिंह ऐरीले २/२ विकेट लिएका थिए ।

    आइतबार बागमती प्रदेशलाई पराजित गरेको विभागीय टिम पुलिसले योसहित लगातार दोस्रो जित हासिल गरेको छ ।

  • सम्बन्धित विषय:

  • # क्रिकेट