शुक्रबार, श्रावण २९ गते २०८३
images
images

आयरल्याण्डमाथि अस्ट्रेलियाको जित

एक्सप्रेस पाना
कार्तिक १४, २०७९ सोमबार
  • 200
    SHARES
  • आयरल्याण्डमाथि अस्ट्रेलियाको जित

    काठमाडौँ । टी२० विश्वकपमा आयोजक अस्ट्रेलियाले आयरल्याण्डलाई ४२ रनले पराजित गरेको छ । अस्ट्रेलियाले दिएको १८० रनको लक्ष्य पछाएको आयरल्याण्ड १८.१ ओभरमा १३७ रन बनाएर अलआउट भएपछि अस्ट्रेलिया ४२ रनले विजयी भएको हो । 

    images

    आयरल्याण्डका लागि लोर्कान टकरले सर्बाधिक अविजित ७१ रन बनाएका थिए । त्यस्तौ गारेथ डेलानीले १४ रन बनाए भने पाउल स्टीरलिंग र मार्क अडैरले ११/११ रन बनाए । 

    त्यस्तै अस्ट्रेलियाका बलरपाट कमिन्स, ग्लेन म्याक्सवेल, मिचेल मार्श र एडम जाम्पाले २/२ विकेट लिए भने मार्कस स्टोइनिसले एक विकेट लिएका थिए ।  

    images

    यसअघि टस हारेर पहिला ब्याटिंग गरेको अस्ट्रेलियाले २० ओभरमा ५ विकेट गुमाउदै १७९ रन बनाएको थियो ।

    उक्त जितसँगै अस्ट्रेलियाको ४ खेलमा ५ अंक भएको छ र समुहमा दोस्रो स्थानमा उक्लिएको छ । अब अस्ट्रेलियाले सुपर १२ को अन्तिम खेलमा अफगानिस्तानसँग नोभेम्बर ४ मा खेल्ने छ । त्यस्तै आयरल्याण्डको ४ खेलमा ३ अंक रहेको छ र समुहमा चौथो स्थानमा रहेको छ । 

  • सम्बन्धित विषय:

  • # क्रिकेट
  • # टी२० विश्वकप