शुक्रबार, श्रावण २९ गते २०८३
images
images

प्रचण्ड र अमेरिकी राजदूत थम्पसनको शिष्टाचार भेटवार्ता

एक्सप्रेस पाना
कार्तिक १५, २०७९ मंगलबार
  • 284
    SHARES
  • प्रचण्ड र अमेरिकी राजदूत थम्पसनको शिष्टाचार भेटवार्ता

    नेपालका लागि संयुक्त राज्य अमेरिकाका नवनियुक्त राजदूत डिन आर.थम्पसनले पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग शिष्टाचार भेटवार्ता गरेका छन् ।

    images

    प्रचण्ड निवास खुमलटारमा आज बिहान भएको भेटवार्तामा वर्षौदेखिको दुई देशको सम्बन्ध, नेपाली राजनीति, आर्थिक विकासका बारेमा छलफल भएको थियो ।

    भेटमा प्रचण्डले नेपालको विकासमा अमेरिका र अमेरिकी जनताले गर्दै आएको सहयोग र खेलेको भूमिका सह्रानीय भएको बताए ।

    images

    प्रचण्डले भने- 'नेपाल र अमेरिकबीच वर्षौदेखिको मित्रता रहेको छ । तपाईको कार्यकालमा यो सम्बन्ध अझै प्रगाढ रहने मैले विश्वास लिएको छु ।’

    भेटका अवसरमा प्रचण्डले आफूहरु मुलुकको आर्थिक समृद्धिको अभियानमा रहेको बताउदै यसमा अमेरिकाको सहयोग आवश्यक रहेको बताए ।

    राजदूत आर. थम्पसनले प्राकृतिक र सांस्कृतिक विविधताले भरिएको सुन्दर मुलुकमा आउँदा खुसी लागेको बताए । उनले नेपालको दिगो र समावेशी आर्थिक विकास लक्ष्य हासिल गर्न आफूहरुको सहयोग निरन्तर रहने विश्वास दिलाए । राजदूतले ७५ वर्षदेखिको नेपाल अमेरिकी सम्बन्ध आफ्नो कार्यकालमा अझै उचाई लिने विश्वास व्यक्त गरे ।

  • सम्बन्धित विषय:

  • # प्रचण्ड