काठमाडौं । राजधानीमा जारी प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा अंकित सुवेदीको शतकमा प्रदेश एकले बागमती प्रदेशलाई ३०५ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ ।
टियु क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश-१ ले ४९.५ ओभरमा सबै विकेटको क्षतिमा ३०४ रन बनाएपछि बागमतीले ३०५ रनको लक्ष्य पाएको हो ।
प्रदेश-१ को लागि अंकित सुवेदीले ११० रनको शतकीय योगदन गरे । विवेक आनन्द मेहेताले ३० रन जोड्दा सोनु अन्सारीले १९ रन बनाए । सर्वन यादवले ११ रन जोड्दा निरज मुखिया १० रन आउट भए । फिर्दोश अन्सारी १० रनमा अविजित रहे भने कप्तान सिद्धान्त रोहनीले ७२ रनको योगदान दिए ।
यता बागमतीको लागि बलिङमा राम नरेश गिरिले ५ विकेट लिए भने सुर्य तामाङ, इशान पाण्डे, नन्दन यादव र प्राटिस जिसिले समान १/१ विकेट लिए । बागमतीले केही बेरमा जवाफी ब्याटिङ गर्नेछ ।



