शुक्रबार, श्रावण २९ गते २०८३
images
images

एपीएफको लगातार दोस्रो जित

एक्सप्रेस पाना
कार्तिक १५, २०७९ मंगलबार
  • 253
    SHARES
  • एपीएफको लगातार दोस्रो जित

    काठमाडौं । विभागिय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्रिकेट क्लबले राजधानीमा जारी प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ । 

    images

    मुलपानीस्थीत क्रिकेट मैदानमा भएको खेलमा एपीएफले सुदुरपश्चिम प्रदेशलाई १० विकेटले पराजित गरेको हो । 

    एपीएफको जितमा आशिफ शेखले सर्वाधिक ४२ रनको योगदान दिए । यस्तै प्रदिव एैरीले २५ रनमा अविजित रहे ब्यहोरेको छ । यता सुदूरका लागि हेम्त धिमालले एक विकेट लिए । 

    images

    त्यसअघि पहिले ब्याटिङ गरेको सुदूरले २७ ओभरमा सबै विकेट गुमाएर ६७ रन बनाएको थियो । उसका लागि कप्तान राजु रिजालले २६ रन बाहेक अन्य कुनै पनि ब्याटरले खुलेर ब्याटिङ गर्ने सकेनन् । 

    उक्त जितसँगै एपीएफले २ खेलमा २ नै जितका साथ ४ अंक बनाएर शीर्ष स्थानमा रहेको छ । यता सुदूरले लगातार दोस्रो हार ब्यहोरेको छ । एपीएफले पहिलो खेलमा आर्मीलाई हारएको थियो भने सुदूर पहिलो खेलमा गण्डकी प्रदेशसँग पराजित भएको थियो । 

  • सम्बन्धित विषय:

  • # क्रिकेट