काठमाडौं । यहीँ कात्तिक ३० गते हुने पाकिस्तानसँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको कार्यवाहक प्रशिक्षकमा प्रवेश कटुवा नियुक्त भएका छन् ।
अखिल नेपाल फुटबल संघ एन्फाले मंगलबार एन्फा मुख्यालय सातदोबाटो कटुवाललाई कार्यवाहक प्रशिक्षकमा नियुक्त गरेको जनाएको छ ।
एन्फाले यसअघि गत असोज ११ गते भएको बंगलादेशको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलको लागि प्रदिप हुमागाईलाई कार्यवाहक प्रशिक्षकमा नियुक्त गरेको थियो । नेपाली टोली मुख्य प्रशिक्षक अबदुल्हा अलमुताईरीले खेलाडीलाई बन्द प्रशिक्षणबाट निकालेको प्रकरणका कारण राष्ट्रिय टोली बाट यसअघि नै राजीनामा दिएपछि एन्फाले हुमागाईलाई एक खेलका लागि प्रशिक्षकमा बनाएको थियो । त्यस्तै एन्फाले अहिले कटुवाललाई कार्यवाहक प्रशिक्षकमा नियुक्त गरेको हो ।



