शुक्रबार, श्रावण २९ गते २०८३
images
images

टी२० विश्वकप : इङल्याण्डले न्यूजील्याण्डलाई हरायो

एक्सप्रेस पाना
कार्तिक १५, २०७९ मंगलबार
  • 292
    SHARES
  • टी२० विश्वकप : इङल्याण्डले न्यूजील्याण्डलाई हरायो

    काठमाडौँ । अष्ट्रेलियामा जारी टी२० विश्वकपमा इङल्याण्डले न्यूजील्याण्डलाई हराएको छ । मंगलबार भएको खेलमा इङल्याण्डले न्यूजील्याण्डलाई २० रनले पराजित गरेको हो ।

    images

    इङल्याण्डले दिएको १८० रनको लक्ष्य पछाएको न्यूजील्याण्डले २० ओभरमा ६ विकेट गुमाउदै १५९ रन मात्रै बनाउन सक्यो ।

    न्यूजील्याण्डका लागि ग्लेन फिलिपले ६२ रन बनाए भने कप्तान केन विलियम्सनले ४० रन बनाए । त्यस्तै फिन एलेनले १६ रन बनाए भने डेभोन कोनवेले ३, जेम्स निशामले ६, डार्यल मिचेलले ३ रन बनाएका थिए । त्यसैगरी मिचेल सान्टनरले अविजित १६ र इश सोढ़ीले अविजित ६ रन बनाएका थिए ।

    images

    यता इङल्याण्डका बलरक्रिस वोक्स र साम कुरानले २/२ विकेट लिए भने मार्क वूड र बेन स्टोक्सले १/१ विकेट लिए ।

    यसअघि टस जितेर पहिला ब्याटिंग गर्दै ईङल्याण्डले २० ओभरमा ६ विकेट गुमाउदै १७९ रन बनाएको थियो ।

    इङल्याण्डका लागि कप्तान जोस बटलरले सर्बाधिक ७३ रन बनाए भने एलेक्स हल्सले ५२ रन बनाएका थिए । त्यसैगरी लियाम लिभिङस्टोनले २० रन बनाएका थिए भने मोइन् अलीले ५, ह्यारी ब्रूकले ७, बेन स्टोकले ८, डेभिड मलानले अविजित ३ र साम कुरानले अविजित ६ रन बनाएका थिए ।

    त्यस्तै न्यूजील्याण्डका बलर लुकी फर्गुसनले २ विकेट लिए भने टिम साउथी, मिचेल सान्टनर र इश सोढ़ीले १/१ विकेट लिएका थिए ।

    उक्त जितसँगै समुह ए मा इङल्याण्डको ४ खेलमा ५ अंक भएको छ र सेमिफाइनलको सम्भावनालाई कायमै राखेको छ । इङल्याण्ड समुहमा दोस्रो स्थानमा उक्लिएको छ । यता न्यूजील्याण्डको पनि ४ खेलमा ५ अंक रहेको छ र हारपछि पनि समुह एकमा शिर्ष स्थानमा कायम रहेको छ ।

    अब सुपर १२ को अन्तिम खेलमा न्यूजील्याण्डले आगामी शुक्रबार आयरल्याण्डसँग खेल्ने छ भने इङल्याण्डले आगामी शनिबार श्रीलंकाविरुद्ध खेल्ने छ ।

  • सम्बन्धित विषय:

  • # क्रिकेट
  • # टी२० विश्वकप