काठमाडौं । राजधानीमा जारी प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा आज वुधबार दुई खेल हुँदैछन् ।
टियु क्रिकेट मैदानमा हुने खेलमा कर्णाली प्रदेशले गण्डकी प्रदेशसँग प्रतिस्पर्धा गर्नेछ । उक्त खेल ९:३० बजेबाट सुरु हुनेछ ।
यस्तै मुलपानी क्रिकेट मैदानमा हुने अर्को खेलमा बागमतीले लुम्बीनीसँग खेल्नेछ । बागमती लुम्बिनीलाई हराउँदै पहिलो जित निकालने दाउमा रहेको छ ।
१० टोलीलाई २ समूहमा विभाजन गरिएको छ । समूह ए मा नेपाल एपीएफ, त्रिभुवन आर्मी क्लब, कर्णाली प्रदेश, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश रहेको छ ।
समूह बी मा नेपाल पुलिस क्लब, बागमती प्रदेश, लुम्बिनी प्रदेश, मधेश प्रदेश, प्रदेश १ रहेको छ । हरेक समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।
१० टोली सहभागि रहेको यस प्रतियोगिताको विजेताले १० लाख नगद पुरस्कार पाउने छन् । यस्तै उपविजेताले ५ लाख पाउने छन् । सेमिफाइनलमा पुग्ने टोलीले ५० हजार पाउने छन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीले ५० हजार, उत्कृष्ट बलर र ब्याट्सम्यानले २० हजार तथा इमर्जिङ प्लेयरले १० हजार पाउने छन् ।



