शुक्रबार, श्रावण २९ गते २०८३
images
images

च्याम्पियन्स लिग : नापोलीमाथि लिभरपुलको जित

एक्सप्रेस पाना
कार्तिक १६, २०७९ बुधबार
  • 386
    SHARES
  • च्याम्पियन्स लिग : नापोलीमाथि लिभरपुलको जित

    काठमाडौं । यूरोपको सबैभन्दा ठूलो क्लब फुटबल प्रतियोगिता यूइएफए च्याम्पियन्स लिग अन्तर्गत समूह चरणको अन्तिम खेलमा इंग्लिस प्रिमियर लिग फुटबल क्लब लिभरपुल विजयी भएको छ । 

    images

    मंगलवार राति घरेलु मैदानमा भएको खेलमा लिभरपुलले पाहुना टोली इटालियन सिरी ए फुटबल क्लब नापोलीमाथि २-० गोलको जित निकालेको हो । 

    लिभरपुलको जितमा सलाह र डार्विन नुनेजले १/१ गोल गरे । उक्त दुवै गोल दोस्रो हाफको अन्त्यमा भएको थियो । खेलको ८५औं मिनेटमा लिभरपुलको लागि सलाहले गोल गरि सुरुवाती अग्रता दिलाएका थिए । यस्तै खेलको अतिरिक्त समयमा लिभरपुलका लागि नुनेजले गोल गरि जित पक्का गरेका थिए । 

    images

    यस्तै सोहि समूहको अर्को खेलमा अजाक्सले रेंजर्सलाई ३-१ गोल अन्तरले पाजित गरेको छ । 

    उक्त जितसँगै लिभरपुल समूह उपविजेता बनेको छ । समान १५ अंक भएको नापोली गोल अन्तरको आधारमा शीर्ष स्थानमा रहेको छ । यस्तै अजाक्स ६ अंकका साथ तेस्रो स्थानमा रहेर जारी सिजन अन्त्य गर्यो । 

  • सम्बन्धित विषय:

  • # फुटबल
  • # च्याम्पियन्स लिग