काठमाडौँ । यूरोपको सबैभन्दा ठूलो क्लब फुटबल प्रतियोगिता यूइएफए च्याम्पियन्स लिग अन्तर्गत समूह चरणको अन्तिम खेलमा टोटनह्याम राउण्ड १६ मा प्रवेश गरेको छ ।
मंगलवार राति भएको सम्पन्न खेलमा फ्रेन्च क्लब मार्सेलीलाइ २-१ गोल अन्तरले पराजित गर्दै टोटनह्यामले राउण्ड १६ मा आफ्नो स्थान सुरक्षित गरेको हो ।
टोटनह्यामको जितमा पिएरे होजजेर्ग र क्लेमेन्ट लेंगलेटले १/१ गोल गरेका थिए । होजजेर्गले खेलको ९५औं मिनेटमा निर्णायक गोल गर्दै टोटनह्यामलाइ महत्वपूर्ण जित दिलाएका थिए ।
त्यस्तै मार्सेलीका लागि एक गोल चान्सेल एम्बेम्बाले एक गोल गरेका थिए । उक्त जितसँगै टोटनह्यामको ६ खेलमा ११ अंक भएको छ र समुह डी मा शिर्ष स्थानमा रहदै नकआउट चरणमा पुगेको छ ।
त्यस्तै समुह डी बाट एनट्रान्च फ्रान्कफर्टले स्पोर्टिंग सिपिलाइ २-१ गोल अन्तरले पराजित गर्दै नकआउट चरणमा पुगेको छ ।
फ्रान्कफर्ट समुहमा ६ खेलमा १० अंकसहित दोस्रो हुदै नकआउट चरणमा पुगेको हो ।



