काठमाडौं । यूरोपको सबैभन्दा ठूलो क्लब फुटबल प्रतियोगिता यूइएफए च्याम्पियन्स लिग अन्तर्गत समूह चरणको अन्तिम खेलमा बुन्डेसलिगा क्लब बायर्न म्युनिखले इन्टर मिलानलाई मंगलबार राति २-० अन्तरले पराजित गर्यो ।
घरेलु मैदान एलियन्ज एरिनामा बायर्नलाई जित दिलाउन बेन्जामिन पाभार्ड र एरिक मोटिङले समान १/१ गोल गरे ।
उक्त जितसँगै समूह सी मा बायर्न अपराजित रहँदा ६ खेलबाट १८ अंक जोड्दै शीर्षस्थानमा रह्यो । पराजित इन्टर समान खेलबाट १० अंक सहित दोस्रो स्थानमा रहेर अन्तिम १६ मा स्थान बनायो । यस समूहबाट ७ अंक जोडेका बार्सिलोना र बिना अंकको भिक्टोरिया पुछारमा रहँदै समूह चरणबाट माथि बढ्न सकेनन् ।



