शुक्रबार, श्रावण २९ गते २०८३
images
images

च्याम्पियन्स लिग : पोर्टोसँग पराजित एट्लेटिको मड्रिड युरोपा लिगमा पुग्न समेत असफल

एक्सप्रेस पाना
कार्तिक १६, २०७९ बुधबार
  • 206
    SHARES
  • च्याम्पियन्स लिग : पोर्टोसँग पराजित एट्लेटिको मड्रिड युरोपा लिगमा पुग्न समेत असफल

    यूरोपको सबैभन्दा ठूलो क्लब फुटबल प्रतियोगिता यूइएफए च्याम्पियन्स लिग अन्तर्गत समूह चरणको अन्तिम खेलमा पराजित भएपछि एट्लेटिको मड्रिड यस सिजन युरोप लिगमा समेत नपुगि बाहिरिएको छ ।

    images

    च्याम्पियन्स लिग इतिहासमा एट्लेटिको पहिलो पटक समूहको पुछारमा रहन पुग्यो । गएराति भएको खेलमा एट्लेटिको मड्रिड एफसी पोर्टोसँग उसैको मैदानमा २-१ गोलले पराजित भयो । यो हारसँगै एट्लेटिको अंक तालिकाको पुछारमा छ ।

    समूह ‘बी’ को अर्को खेलमा क्लब ब्रुग र लेभरकुसनले गोलरहित बराबरी खेले । एफसी पोर्टो ६ खेलमा १२ अंकका साथ शीर्षस्थानमा रहँदै अन्तिम १६ मा प्रवेश गरेको छ । समान खेलमा ११ अंक रहेको क्लब ब्रुग पनि अन्तिम १६ मा पुगेको छ । 

    images

  • सम्बन्धित विषय:

  • # फुटबल
  • # च्याम्पियन्स लिग