काठमाडौँ । टी-२० क्रिकेट विश्वकप अन्तर्गत भारतले बंगलादेशलाई पराजित गरेको छ ।
वर्षाले प्रभावित खेलमा डक वर्थ लुइस नियम अनुसार १६ ओभरमा १५१ रनको लक्ष्य पाएको बंगलादेशले १६ ओभरमा ६ विकेट गुमाउदै १४५ रन मात्र बनाएपछि भारत ५ रनले विजयी भएको हो ।
अन्तिम ओभरमा बंगलादेशलाई जितका लागि २० रन आवश्यक भएकोमा बंगलादेशले १४ रन बनाएको थियो ।
बंगलादेशका लागि लिटन दासले ६० रन बनाए भने नजमुल होसैनले २१ रन बनाएका थिए । त्यस्तै कप्तान शकिब अल हसनले १३, नुरुल हासलले अविजित १८ रन बनाए ।
त्यस्तै भारतका बलर अर्शदीप सिंह र हार्दिक पाण्डेयले २(२ विकेट लिए भने मोहमद सामीले एक विकेट लिए । यसअघि टस हारेर पहिला ब्याटिंग गरेको भारतले २० ओभरमा ६ विकेट उग्माउदै १८४ रन बनाएको थियो ।
भारतका लागि विराट कोहलीले सर्बाधिक ६४ रन बनाएका थिए भने केएल राहुलले ५० रन बनाएका थिए । त्यस्तै सूर्यकुमार यादवले १६ बलमा ३० रन बनाए भने कप्तान रोहित शर्माले २ रन, हार्दिक पाण्डेयले ५, दिनेश कार्तिक र अक्सर पटेलले ७(७ रन बनाएका थिए । त्यसैगरी आर आश्विनले अविजित १३ रन बनाए ।
त्यसैगरी बंगलादेशका बलर हसन महमुदले ३ विकेट लिए भने कप्तान शकिब अल हसनले २ विकेट लिएका थिए । उक्त जितसँगै भारतको ४ खेलमा ६ अंक भएको छ र समुह २ मा शिर्ष स्थानमा उक्लिएको छ भने बंगलादेशको ४ खेलमा ४ अंक रहेको छ ।



