शुक्रबार, श्रावण २९ गते २०८३
images
images

च्याम्पियन्स लिग : युभेन्ट्सलाई हराए पनि पीएसजी उपविजेता

एक्सप्रेस पाना
कार्तिक १७, २०७९ बिहीबार
  • 203
    SHARES
  • च्याम्पियन्स लिग : युभेन्ट्सलाई हराए पनि पीएसजी उपविजेता

    काठमाडौं । यूरोपको सबैभन्दा ठूलो क्लब फुटबल प्रतियोगिता यूइएफए च्याम्पियन्स लिग फुटबलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन पीएसजीले जित निकालेको छ । बिहीबार राति भएको खेलमा पीएसजीले इटालियन क्लब युभेन्ट्सलाई २-१ ले हराएको हो ।

    images

    पीएसजीको जितमा केलियन एमबाप्पे र नुनो मेन्डेसले १/१ गोल गरे भने युभेन्ट्सका लागि  लियोनार्दो बुनिचीले सान्त्वना गोल गरे । 

    खेलको १३ औं मिनेटमा केलियन एमबाप्पेले गोल गर्दै पीएसजीलाई सुरुआती अग्रता दिलाएका थिए ।

    images

    खेलको ३९ औं मिनेटमा लियोनार्दो बुनिचीले गोल गर्दै युभेन्ट्सलाई १-१ गोलको बराबरीमा ल्याए । त्यसपछि खेलको ६९ औं मिनेटमा नुनो मेन्डेसले गोल गर्दै पीएसजीलाई २-१ को जित दिलाए ।

    उक्त जितसँगै पीएसजीले ६ खेलमा १४ अंक जोडेको छ । पीएसजी समूह ुएचु को समूह उपविजेता बन्दै नकआउट चरणमा पुगेको छ । युभेन्ट्स भने समूह चरणबाट बाहिरिएको छ । तेस्रो स्थानको युभेन्ट्सले ३ अंक जोड्यो । यस समूहबाट बेन्फिका समूह विजेता बन्दै नकआउट चरणमा पुगेको छ 

  • सम्बन्धित विषय:

  • # फुटबल
  • # च्याम्पियन्स लिग