काठमाडौं । यूरोपको सबैभन्दा ठूलो क्लब फुटबल प्रतियोगिता यूइएफए च्याम्पियन्स लिग फुटबलमा स्पेनिस ला लिगा फुटबल क्लब रियल मड्रिडले फराकिलो जित निकालेको छ ।
बुधबार राति भएको खेलमा रियलले सेल्टिकलाई ५-१ गोल अन्तरले हराएको हो ।
रियलको जितमा लुका मोड्रिच, रोड्रिगो, मार्को एसेन्सियो, भिनियस जुनियर र फेडेरिको भालभर्डेले १/१ गोल गरे । यता सेल्टिकका जोटाले एक सान्त्वना गोल फर्काए ।
उक्त जितसँगै रियल समूह एफ को समूह विजेता बन्दै नकआउट चरणमा पुगेको छ । रियलले ६ खेलमा १३ अंक जोड्यो । सेल्टिक २ अंक जोडेर पुछारमा रह्यो । यो समूहबाट आरबी लाइपजिगले समूह उपविजेता बन्दै नकआउट चरणमा स्थान बनाएको छ ।
यता अर्को खेलमा लाइपजिगले शाख्तर डोनेक्स्टलाई ४-० ले हराएको थियो । लाइपजिगले ६ खेलमा १२ अंक जोड्यो ।



