शुक्रबार, श्रावण २९ गते २०८३
images
images

पीएम कप : नेपाल पुलिस सेमिफाइनलमा

एक्सप्रेस पाना
कार्तिक १७, २०७९ बिहीबार
  • 311
    SHARES
  • पीएम कप : नेपाल पुलिस सेमिफाइनलमा

    काठमाडौँ । राजधानीमा जारी प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको आफ्नो तेस्रो खेलमा लुम्बिनी प्रदेशलाई xराउँदै नेपाल पुलिस क्लब सेमिफाइनलमा पुगेको छ ।

    images

    लगातार तेस्रो खेल जित्ने क्रममा पुलिस त्रिवि क्रिकेट मैदानमा लुम्बिनीलाई ६ विकेटले हराएको हो ।

    पुलिसलाई जिताउन कप्तान दिपेन्द्र सिंह ऐरीले अलराउन्डर प्रदर्शन गरे । बलिङ तर्फ ४ विकेट लिएका उनले नट आउट ४३ रन बनाए ।

    images

    जितका लागि पाएको १८९ रनको लक्ष्य नेपाल पुलिसले ३८.१ ओभरमा ४ विकेट गुमाउँदै पूरा गरेको हो । पुलिसका कप्तानले ४३ रन बनाउने क्रममा ६० बलमा ४ चौका हाने ।

    ओपनर ब्याटर सुनिल धमलाले २६ बलमा ३६ रन बनाए । अर्का ओपनर कुशल भुर्तेल ४१ बलमा ३२ रन बनाउँदै क्याच भए । अर्का ब्याटर अमित श्रेष्ठले २८ रन बनाए । आरिफ शेख ३५ रनमा क्याच भए । अर्का ब्याटर दिलिप नाथ ६ रनमा नट आउट रहे ।

    लुम्बिनीका लागि अनिल खरेलले सर्वाधिक २ विकेट लिए । दुर्गेश गुप्ताले १ विकेट लिए ।

    त्यसअघि पहिला ब्याटिङ गरेको लुम्बिनीले ४४.२ ओभरमा १८८ रनमा अल आउट भएको थियो । लुम्बिनीका कप्तान देव खनालले सर्वाधिक ७४ रनको अर्धशतकीय पारी खेले । उनले ८८ बलमा ७ चौका र २ छक्का प्रहार गरे ।

    तेस्रो क्रमका ब्याटर प्रज्वल थापाले २३ रन बनाए । उनले ६२ बलमा २ चौका प्रहार गरे । सन्दीप रजाली ७ रन बनाउँदै क्याच भए । विशाल विक्रम केसीले ३८ बलमा ३० रन बनाए । दुर्गेश गुप्ता २१ बलमा ११ रन बनाउँदै आरिफ शेखको हातबाट क्याच भए ।

    पुलिसका लागि कप्तान दिपेन्द्र सिंहले सर्वाधिक ४ विकेट लिए । सागर ढकाल र करण केसीले समान २–२ विकेट लिए ।

  • सम्बन्धित विषय:

  • # क्रिकेट