काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबल क्लब म्यानचेस्टर युनाइटेडले युरोपा लिग अन्तर्गतको खेलमा रियल सोसियडाडलाई पराजित गरेको छ ।
बिहिवार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडले स्पेनिस ला लिगा फुटबल क्लब रियल सोसियडाडलाई १-० गोल अन्तरले पराजित गरेको हो ।
म्यानचेस्टर युनाइटेडको जितमा खेलको १७औं मिनेटमा एलेजान्द्रो गार्नाचोले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।
जितका बाबजुद समुह ई मा रहेको म्यानचेस्टर युनाइटेड उपविजेता हुदै नकआउट चरणमा पुगेको छ ।
युनाइटेडको ६ खेलमा १५ अंक रहेको छ । त्यस्तै यस समुहबाट रियल सोसियडाड ६ खेलमा १५ नै अंकसहित शिर्ष स्थानमा रहदै नकआउट चरणमा पुगेको छ ।
त्यस्तै तेस्रो स्थानमा रहेको शेरिफ युरोपा कन्फेरेन्स लिगमा ट्रान्सफर भएको छ भने चौथो स्थानमा रहेको ओमानिया पूर्ण रुपमा बाहिरएको छ ।



