शुक्रबार, श्रावण २९ गते २०८३
images
images

पिकेद्वारा सन्यासको घोषणा

एक्सप्रेस पाना
कार्तिक १८, २०७९ शुक्रबार
  • 272
    SHARES
  • पिकेद्वारा सन्यासको घोषणा

    काठमाडौं । स्पेनिस ला लिगा फुटबल क्लब बार्सिलोनाका रक्षक जेरार्ड पिकेले फुटबलबाट सन्यास लिने घोषणा गरेका छन् ।

    images

    शनिबार घरेलु मैदान नोउ क्यापमा अल्मेरियाविरुद्ध अन्तिम खेल खेल्दै फुटबलबाट बिदा लिने पिकेले निर्णय लिएका हुन् । उमेरले ३५ वर्ष पुगेका पिकेले बार्सिलोना र म्यानचेस्टर युनाइटेडको लागि व्यवसायिक फुटबल खेलेका छन् । 

    पिकेले बिहीबार राति करिब तीन मिनेटको भिडियो सार्वजनिक गर्दै फुटबल खेलबाट टाढा रहने निर्णय लिएका थिए । बार्सिलोनाले ला लिगामा शनिबार अल्मेरियासँग खेल्दैछ । ‘मैले सधै भनेको छु । बार्सिलोनानै अन्तिम हुनेछ,’ पिकेले भनेका छन् । 

    images

    पछिल्लो समय पिके निजी कारणले बढी विवादमा रहेका थिए । पाँच महिना अघि मात्र उनले आफ्नी प्रेमिका गायिका शाकिरासँग सम्बन्ध तोडेका थिए । साथै पिके बार्सिलोनामा आर्थिक संकटको बेला पारिश्रमिक घटाउन नमानेको भन्दै आलोचित पनि थिए । 

    पिकेले सन् २००४ बाट बार्सिलोनामा खेल्न सुरुवात गरेका थिए । यसपछि म्यानचेस्टर पुगेका थिए । सन् २००७/०८ को प्रिमियर लिग र च्याम्पियन्स लिग उपाधि जितेपछि पिके सन् २००८ मा क्याटलान क्लब बार्सिलोना फर्किएका थिए ।

    यस क्रममा उनले ६०० खेल खेल्दै ३० ट्रफि जितिसकेका छन् । जसमा ला लिगा, च्याम्पियन्स लिग र कोपा डेल रे जितेका छन् । पिकेले स्पेनबाट १०२ खेल खेलेका छन् । सन् २०१० को फिफा विश्वकप र सन् २०१२ को युरोपिन च्याम्पियन हुँदा पिके स्पेनको महत्वपूर्ण सदस्य थिए ।

  • सम्बन्धित विषय:

  • # फुटबल
  • # ला लिगा