शुक्रबार, श्रावण २९ गते २०८३
images
images

टी२० विश्वकप : आयरल्याण्डलाई हराउदै न्यूजील्याण्ड सेमिफाइनल नजिक

एक्सप्रेस पाना
कार्तिक १८, २०७९ शुक्रबार
  • 296
    SHARES
  • टी२० विश्वकप : आयरल्याण्डलाई हराउदै न्यूजील्याण्ड सेमिफाइनल नजिक

    काठमाडौँ । अष्ट्रेलियाजारी टी२० विश्वकप अन्तर्गत न्यूजील्याण्डले आयरल्याण्डलाई हराउँदै सेमिफाईनल नजिक पुगेको छ । ।  

    images

    शुक्रबार भएको खेलमा न्यूजील्याण्डले आयरल्याण्डलाई ३५ रनले हराएको हो । न्यूजील्याण्डले दिएको १८६ रनको लक्ष्य पछाएको आयरल्याण्डले २० ओभरमा ९ विकेट गुमाउदै १५० रन बनाएपछि खेल ३५ रनले हारेको हो ।

    आयरल्याण्डका लागि पाउल स्टिरलिंगले सर्बाधिक ३७ रन बनाए भने एन्डी बालब्रिनेले ३० रन बनाएका थिए । त्यसैगरी जर्ज डोकरेलले २३ रन बनाए भने लोर्कान टेक्टरले १३ रन बनाएका थिए ।  

    images

    त्यसैगरी न्यूजील्याण्डका बलरलुकी फर्गुसनले सर्बाधिक ३ विकेट लिए भने मिचेल सान्टनर, टिम साउथी र इश सोढ़ीले २/२ विकेट लिए । यसअघि टस हारेर पहिला ब्याटिंग गरेको न्यूजील्याण्डले २० ओभरमा ६ विकेट गुमाउदै १८५ रन बनाएको थियो ।

    न्यूजील्याण्डका लागि कप्तान केन विलियम्सनले ३५ बलमा ६१ रन बनाएका थिए । त्यस्तै फिन एलेनले ३२ रन बनाए । त्यस्तै डेभोन कोनवेले २८ रन बनाए भने डार्यल मिचेलले अविजित ३१ रन बनाए भने ग्लेन फिलिपले १७ रन बनाए ।

    त्यसैगरी आयरल्याण्डका जोश लिटलले ह्याट्रिक लिएका थिए । उनले खेलको १९औ ओभरमा ह्याट्रिक लिएका थिए । उनले ४ ओभरमा २२ रन दिएर ३ विकेट लिएका थिए । त्यस्तै गारेथ डेलानीले २ विकेट लिए भने मार्क अडैरले एक विकेट लिएका थिए ।

    उक्त जितसँगै समुह १ बाट न्यूजील्याण्ड सेमिफाइनल नजिक पुगेको छ । न्यूजील्याण्डको ५ खेलमा ७ अंक भएको छ भने उच्च रनरेटसहित शिर्ष स्थानमा रहेको छ ।  

  • सम्बन्धित विषय:

  • # क्रिकेट
  • # टी२० विश्वकप