कलाकार सिद्धार्थ शुक्लाको निधन
एजेन्सी । भारतीय बलिउड कलाकार सिद्धार्थ शुक्लाको निधन भएको छ। ४० वर्षका शुक्लाको हृदयघातका कारण मुम्बईस्थित कुपर अस्पतालमा निधन भएको हो । बुधबार राति सुत्नुअघि औषधि खाएर सुतेका उनको बिहिबार बिहान हृदयघातका कारण निधन भएको भारतीय मिडियाहरूले उल्लेख गरेका छन् ।
उनी बिग बोसको १३औँ संस्करण जित्न सफल भएका थिए । टेलिभिजन सिरियल ‘बालिका बधु’ बाट पहिचान बनाएका उनले २०१४ मा रिलिज भएको फिल्म ‘हम्टी शर्माकी दुल्हनिया’ बाट बलिउडमा डेब्यू गरेका थिए । उनी आमा र दुई बहिनीसँग बस्थे।


