शुक्रबार, श्रावण २९ गते २०८३
images
images

टी२० विश्वकप : श्रीलंकाले दियो इंग्ल्याण्डलाई जितको लागि १४२ रनको लक्ष्य

एक्सप्रेस पाना
कार्तिक १९, २०७९ शनिबार
  • 262
    SHARES
  • टी२० विश्वकप : श्रीलंकाले दियो  इंग्ल्याण्डलाई  जितको लागि १४२ रनको लक्ष्य

    काठमाडौं । आष्ट्रेलियामा जारी टी२० विश्वकपमा श्रीलंकाले इंग्ल्याण्डलाई १४२  रनको लक्ष्य दिएको छ । 

    images

    टस जितेर पहिल्य ब्याटि गरेको श्रीलंकाले निर्धारित २० ओभरमा  ८ विकेट घुमाउँदै १४१ रन बनाएपछि इंग्ल्याण्डले १४२ रनको विजयी लक्ष्य पाएको हो । 

    श्रीलंकाका लागि पथुम निसांकाले सर्बाधिक ६७ रन बनाएका थिए । उनले ४५ बलमा २ चौका र ५ छक्का प्रहार गर्दै ६७ रन बनाएका थिए ।

    images

    त्यसैगरी श्रीलंकाका लागि कुसल मेन्डिसले १८, धनन्जय डी सिल्भाले ९, चरिथ असलंकाले ८, भानुका राजापाक्षेले २२, दासुन शानकाले ३, हसरंगा डी सिल्भाले ९ रन बनाएका थिए ।

    त्यसैगरी ईङल्याण्डका बलर मार्क वूड़ले ३ विकेट लिए भने बेन स्टोक, क्रिस वोक्स, साम कुरान र आदील राशिदले एक एक विकेट लिएका थिए ।

    यस विश्वकपमा सेमिफाइनलमा पुग्न ईङल्याण्डले यो खेल जित्नै पर्ने हुन्छ भने श्रीलंका सेमिफाइनलको दौडबाट बाहिरीइसकेको छ ।  

  • सम्बन्धित विषय:

  • # क्रिकेट
  • # टी२० विश्वकप