शुक्रबार, श्रावण २९ गते २०८३
images
images

कर्णलीलाई हराउँदै एपीएफ सेमिफाइनलमा

एक्सप्रेस पाना
कार्तिक १९, २०७९ शनिबार
  • 281
    SHARES
  • कर्णलीलाई हराउँदै एपीएफ सेमिफाइनलमा

    काठमाडौं । धानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगितामा विभागिय टोली शसस्त्र प्रहरी बलको एपीएफ क्रिकेट क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । 

    images

    टियु क्रिकेट मैदानमा शनिबार कर्णाली प्रदेशलाई ४४ रनले हराउँदै एपीएफले अन्तिम चारको यात्रा तय गरेको हो ।

    एपीएफले दिएको २३५ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको कर्णालीले ४८ ओभर १ बलमा अलआउट हुँदै ९० रन मात्र बनाउन सक्यो ।

    images

    कर्णालीका लागि रविन्द्र  शाहीले ८० रनको अर्धशतकीय इनिङ खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् । यस्तै विपिन शाहीले ३४ रन जोड्दा अर्जुन घर्तिले २४ तथा दिनेश अधिकारीले २० रन बनाए ।

    एपीएफका मौसम ढकालले ४ विकेट लिए । कमल ऐरी र भुवन कार्कीले २र२ विकेट लिए ।

    त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले ४७ ओभर २ बलमा अलआउट हुँदै २ सय ३४ रन बनाएको थियो । एपीएफका लागि आसिफ शेखले १ सय ३० रनको शतकीय इनिङ खेले ।

    यस्तै भुवन कार्कीले २३ रन जोड्दा प्रदिप ऐरीले २० रन बनाए । लोकेश बम र दीपक बोहराले १०(१० रन बनाए ।

    कर्णालीका दीपेन्द्र रावत र प्रकाश जैसीले ३र३ विकेट लिए । दिवन पुनले २ विकेट लिए ।

    उक्त जितसँगै एपीएफले समूह ुएु बाट सेमिफाइनलमा स्थान पक्का गरेको हो । एपीएफले ४ खेलमा ७ अंक जोडेको छ । एपीएफ शीर्ष स्थानमा रहेको छ ।

  • सम्बन्धित विषय:

  • # क्रिकेट