शुक्रबार, श्रावण २९ गते २०८३
images
images

इंग्ल्याण्ड विश्वकपको सेमिफाइनलमा, अस्ट्रेलिया बाहिरियो

एक्सप्रेस पाना
कार्तिक १९, २०७९ शनिबार
  • 385
    SHARES
  • इंग्ल्याण्ड विश्वकपको सेमिफाइनलमा, अस्ट्रेलिया बाहिरियो

    काठमाडौँ । इंग्ल्याण्ड अष्ट्रेलियामा जारी टी२० विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । इंग्ल्याण्डले श्रीलंकालाइ ४ विकेटले पराजित गर्दै सेमिफाइनलमा आफ्नो स्थान पक्का गरेको हो । 

    images

    श्रीलंकाले दिएको १४२ रनको लक्ष्य पछाएको  इंग्ल्याण्डले १९.४ ओभरमा ६ विकेट गुमाउदै लक्ष्य पुरा गरेको हो । 

    इंग्ल्याण्डको जितमा एलेक्स हेल्सले ४७ र बेन स्टोक्सले अविजित ४२ रन बनाएका थिए ।  यसअघि टस जितेर पहिला ब्याटिंग गरेको श्रीलंकाले २० ओभरमा ८ विकेट गुमाउदै १४१ रन बनाएको थियो ।

    images

    श्रीलंकाका लागि पथुम निसांकाले सर्बाधिक ६७ रन बनाएका थिए । उनले ४५ बलमा २ चौका र ५ छक्का प्रहार गर्दै ६७ रन बनाएका थिए ।

    त्यसैगरी श्रीलंकाका लागि कुसल मेन्डिसले १८, धनन्जय डी सिल्भाले ९, चरिथ असलंकाले ८, भानुका राजापाक्षेले २२, दासुन शानकाले ३, हसरंगा डी सिल्भाले ९ रन बनाएका थिए ।

    त्यसैगरी इंग्ल्याण्डका मार्क वूड़ले ३ विकेट लिए भने बेन स्टोक, क्रिस वोक्स, साम कुरान र आदील राशिदले एक एक विकेट लिएका थिए ।

    उक्त जित सँगै इंग्ल्याण्ड समुह १ बार दोस्रो हुदै सेमिफाइनलमा पुगेको छ । त्यस्तै इंग्ल्याण्डले श्रीलंकालाई पराजित गरेसँगै आयोजक अस्ट्रेलिया विश्वकपबाट बाहिरिएको छ ।  

  • सम्बन्धित विषय:

  • # क्रिकेट
  • # टी२० विश्वकप