शुक्रबार, श्रावण २९ गते २०८३
images
images

नेपालको लगातार दोस्रो जित

एक्सप्रेस पाना
कार्तिक १९, २०७९ शनिबार
  • 252
    SHARES
  • नेपालको  लगातार दोस्रो जित

    काठमाडौँ । बंगलादेशको ढाका जारी यू-१५ महिला साफ च्याम्पियन्सीप फुटबलमा नेपालले लगातार दोस्रो जित निकालको छ । 

    images

    शनिवार भएको खेलमा आयोजन राष्ट्र बंगलादेशमाथि १-० गोलको रोमाञ्चक जित निकालदै नेपाल फाइनलमा प्रवेश गरेको । 

    निकै प्रतिस्पर्धात्मक बनेको पािहलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । यता दोस्रो हाफमा नेपालले शानदार प्रर्दशन गरि खेल आफ्नो पक्षमा पर्न सफल भयो । खेलको ८७औं मिनेटमा नेपालको लागि वर्षा ओलीले निर्णायक गोल गरिन् । उक्त गोल नै नेपालको जितमा प्रयाप्त बन्यो । 

    images

    यो जितसँगै नेपालले २ खेलमा ६ अंक जोडे र अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । नेपालले पहिलो खेलमा बिहीबार भुटानलाई ७-० गोल अन्तरले हराएको थियो । यता बंगलादेश २ खेलमा ३ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

    अब नेपालले बुधबार भुटान र शुक्रबार पुनस् बंगलादेशसँग खेल्नेछ । च्याम्पियनसिपमा आयोजक बंगलादेशसँगै नेपाल र भुटानको सहभागिता रहेको छ । डबल राउण्ड रोबिन लिगको आधारमा हुने प्रतियोगिताको शीर्ष टोलीले उपाधि जित्नेछ । 

  • सम्बन्धित विषय:

  • # फुटबल