शुक्रबार, श्रावण २९ गते २०८३
images
images

१० खेलाडीमा सिमित  सिटीको जितमा हालाण्डको निर्णायक गोल

एक्सप्रेस पाना
कार्तिक २०, २०७९ आइतबार
  • 274
    SHARES
  • १० खेलाडीमा सिमित  सिटीको जितमा हालाण्डको निर्णायक गोल

    काठमाडौँ । इंग्लिस प्रिमियर लिग अन्तर्गत १५औं साताको खेलमा म्यानचेस्टर सिटीले फुलह्यामलाई हराएको छ ।

    images

    शनिवार राति सिटीको घरेलु मैदानमा सम्पन्न खेलमा इर्लिंग हालाण्डको निर्णायक गोलमा २-१ को जित हासिल गरेको हो ।

    हालाण्डले खेलको ९५औं मिनेटमा म्यानचेस्टर सिटीले पाएको पेनाल्टीलाई गोलमा परिणत गर्दै जित दिलाएका थिए ।

    images

    त्यसअघि सिटीका लागि खेलको १६औं मिनेटमा जुलियन अल्भारेजले गोल गरेका थिए भने खेलको २८औं मिनेटमा आन्द्रेज पेरेइराले पेनाल्टीबाट गोल गर्दै फुलह्यामका लागि ११ गोलको बराबरी  अबस्थामा ल्याएका थिए ।

    यस खेलमा सिटीका रक्षक जोआओ कान्सेलोले खेलको २६औं मिनेटमा रातो कार्ड पाएपछि म्यानचेस्टर सिटी १० खेलाडीमा सिमित भएको थियो ।

    उक्त जितसँगै म्यानचेस्टर सिटीको १३ खेलमा ३२ अंक भएको छ र लिगमा शिर्ष स्थानमा उक्लिएको छ । त्यस्तै एक खेल कम खेलेको आर्सनलको १२ खेलमा ३१ अंक रहेको छ । यता पराजित फुलह्यामको १४ खेलमा १९ अंक रहेको छ र लिगमा आठौँ स्थानमा छ । 

  • सम्बन्धित विषय:

  • # फुटबल
  • # इंग्लिस प्रिमियर लिग